झापा , माघ २९ । सरकारसँगको ६ बुँदे सहमतिपछि चिकित्सकहरुले आजको आन्दोलनका कार्यक्रम फिर्ता लिने भएका छन् ।

सरकारी वार्ता टोली र नेपाल चिकित्सक संघका प्रतिनिधिसहितको चिकित्सक टोलीबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा भएको तीन घण्टा लामो वार्तापछि आन्दोलनका कार्यक्रम फिर्ता लिइएको हो । सहमतिपत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयका सचिव गणेश पाण्डेय, स्वास्थ्यसचिव रोशन पोख्रेल लगायतले हस्ताक्षर गरेका छन् । चिकित्सकका तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनि लगायत दुवै तर्फका गरी १३ जनाले हस्ताक्षर गरेका छन् । राष्ट्रपतिको सवारीका क्रममा हिँडेको भन्दै प्रहरीले ट्रमा सेन्टरका अर्थो सर्जन डा. जनिथलाल सिंहमाथि लाठीचार्ज गरी गम्भीर घाइते बनाएपछि आज देशभरका अस्पतालमा विरोधस्वरुप ओपीडी सेवा बन्दको आह्वान गरिएको थियो । सहमतिपछि चिकित्सकहरु आन्दोलन फिर्ता लिइ आ-आफ्नो जिम्मेवारीमा फर्किने भएका छन् ।

यस्तो छ सहमति:

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्