झापा, फागुन २ । मोरङको बिरानगर महानगरपालिका-१५ बाट श्रोत नखुलेको रकमसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जहदा गाउँपालिका-१ मोरङका ३२ बर्षीय उदियानन्द सरबरीया रहेका छन् । सोमबार बेलुका ईलाका प्रहरी कार्यालय रानी (सिमा) बाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका सरबरीयालाई संका लागि चेक जाँचको क्रममा श्रोत नखुलेको ३ लाख ५६ हजार २ सय १० रुपैया नेपाली नोटसहित पक्राउ गरेको हो । श्रोत नखुलेको रकमसहित पक्राउ परेका सरबरीयालाई आवश्यक कारवाहीको लागि आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाईएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्