झापा, फागुन ५ । एमाले विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)को अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् ।

बडालले ९ सय ६२ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी आरसी लामिछानेले ३५६ मत प्राप्त गरेका छन् ।

अनेरास्ववियुको २३ औं महाधिवेशनअन्तर्गत गएराति भएको निर्वाचनबाट महासचिवमा नरेश रोकाय चयन भएका छन् ।

त्यस्तै, उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित भएका छन् । सचिव पदमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाईं,अञ्जना सिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले निर्वाचित भएका छन् । कोषाध्यक्षमा संगम अर्याल निर्वाचत भएका छन् । विद्युतीय मेसिनबाट भएको निर्वाचनमा १ हजार ५ सय १७ मत खसेको थियो । निर्वाचन परिणामको औपचारिक घोषणा केहीबेरमा हुँदैछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्