झापा , फागुन ५ । खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा घाइते भएका सांसद डा. चन्द्र भण्डारीको भारतको मुम्बईमा रहेको नेशनल वर्न सेन्टरमा उपचार भइरहेको छ ।

उनको आईसीयूमा राखेर उपचार भइरहेको हो । अस्पतालका डा. सुनिल केस्वानीले दिएको जानकारी अनुसार शरीरमा फ्लुडको मात्रा दोब्बर गर्ने काम भइरहेको छ । उनका अनुसार भण्डारीको बिहान साढे १० बजे पहिलो शल्यक्रिया र दिउँसो साढे १ बजे दोस्रो शल्यक्रिया गर्ने तयारी छ ।

भण्डारीको मुटुको चाल सामान्य रहेको र आत्तिनु नपर्ने अस्पतालले जानकारी दिएको छ । हिजो श्री एयरलाइन्सको चार्टर्ड उडानमार्फत् भेन्टिलेटरमा राखेर भण्डारीलाई थप उपचारका लागि मुम्बई लगिएको थियो । कीर्तिपुर अस्पतालले भण्डारीको शरीरको २५ देखि ३० प्रतिशत भाग जलेको जनाएको छ ।

ग्यास लिक भएपछिको आगलागीमा घाइते भएकी सांसद भण्डारीकी आमा हरिकलाको भने उपचारका क्रममा हिजो निधन भएको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्