झापा, फागुन ७ । अबैध रुपमा ल्याउँदै गरेको सामानसहित पिकअप गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिबार बिहान १०ः३० बजेको समयमा कमल गाउँपालिका वडा नं. ३ केर्खास्थित पूर्व पश्चिम राजमार्गमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे.१ज.२८०४ नं. पिकअप गाडीमा अवैध रुपमा लादै गरेको विभिन्न किसिमका अन्दाजी मूल्य १४ लाख ८० हजार ७७८ बराबरको सारीलगायतका कपडाहरु बरामद गरेको हो । सोही गाडीका चालक हल्दीबारी गाउँपालिका वडा नं.२ बस्ने २४ वर्षिय जनक कर्मकार र अन्दाजी मूल्य दुई लाख बराबरको उक्त पिकअप गाडी समेतलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि आन्तरिक राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै , शनिबार साँझ ७ बजेको समयमा झापा गाउँपालिका वडा नं.१ र २ को सिमाना बेलायतीबारीमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी मूल्य रु ५०हजारबराबरको ३५ जोर फुटवल जुत्ता र आईतबार बिहान ११ बजेको समयमा ईलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले गौरीगंज गाउँपालिका वडा नं. ४ बारासुतिमा बाँसको झाङको छेउमा पुरानो जिणर् अवस्थामा रहेको गाईगोठमा अवैध रुपमा भारतबाट भन्सार छलि ल्याई लुकाई राखेको अवस्थामा ५०हजारबराबरको २५ थान प्लाष्टिकको टेबलहरु बेवारिसे अवस्थामा फेला पारी बरामद सामानहरुलाई आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्