एजेन्सी । भारतीय गायक अरिजीत सिंह एकपटक फेरि पुरानो विवादलाई लिएर चर्चामा आएका छन् ।

लगभग एक महिनाअघि कोलकातामा अरिजीतको कन्सर्ट रद्द गरिएको थियो । कारण थियो, शाहरुख खानको चलचित्रको ‘रङ्ग दे तू मोहे गरुआ’ गीत । यस गीतलाई अरिजीतले कोलकाता इन्टरनेशनल फिल्म फेस्टिबलमा गाएपछि विवाद सुरु भएको थियो । यस मामिलामा गायकले अहिले आफ्नो पक्ष राखेका छन् । गत १८ फेब्रुअरीमा कोलकातामा आयोजित कन्सर्टमा अरिजीतले ४ घण्टा लामो प्रस्तुति दिएका थिए । विवादबारे मौनता तोड्दै उनले रङ्गको विवादले आफू निकै चिन्तित बनेको खुलाए । उनले भने, ‘यत्रो विवाद मात्र एक रङका लागि । गेरुआ रङ्ग स्वामी विवेकानन्दको सन्यासीहरुको छ । के उनले सेतो रङ्गको काम गरेको भए त्यो रङ्गमा पनि विवाद गरिन्थ्यो ?’ यसबारे टीएमसीका सांसद तापस रायले जवाफ दिएका छन्, ‘गेरुआ रङ्गमा विवाद होइन । यो हाम्रो झन्डाको हिस्सा हो । बीजेपी जहिले पनि हर कुरालाई राजनीतिक रङ्ग दिने प्रयास गर्छ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्