झापा, फागुन ९ ।बिभिन्न जिल्लाहरुलगायत भारतबाट चोरी गरी ल्याईएका मोटरसाईकलहरुलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय इलामले बिशेष अभियान संचालन गरिरहेको छ ।

जिल्लाको विभिन्न स्थानहरुमा चेकजाँच गर्ने, चेक प्वाइन्ट स्थापना गर्ने र शंकास्पद मोटरसाईकलहरुका सम्बन्धमा बिशेष अनुसन्धान गर्ने क्रममा बिभिन्न स्थानहरुमा कागजपत्र नभएका चोरीका ७ थान मोटरसाईकल पक्राउ गरी अनुसन्धानमा गरिरहेको प्रहरीले जनाएको छ । सोही अभियानअन्तर्गत केही समय पहिला पनि चोरी गर्दागर्दैको अवस्थामा चोरीका ७ थान मोटरसाईकल र सो कार्यमा संलग्न आरोपितहरु पक्राउ गरी कानुनी कार्वाहीको प्रकृयामा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

गत पुस महिनादेखि हालसम्म जिल्ला प्रहरी कार्यालय इलाम र मातहत प्रहरी युनिटहरुबाट जम्मा १४ वटा मोटरसाईकलहरु पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डीएसपी जितेन्द्रकुमार बस्नेतले बताए ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरेले मातहतका सबै प्रहरी इकाईहरुलाई अभियानकै रुपमा यो सरप्राईज चेकप्वाईन्ट खडा गरी कागजपत्र नभएका मोटरसाईकल पक्राउ गर्न निर्देशन दिएको डीएसपी बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्