झापा, फागुन १४ । झापाको अर्जुनधारामा खोलामा डुबेर एकजनाको मृत्यु भएको छ ।

अर्जुनधारा ७ निवासी ५० वर्षिय विजय रणपहेलीको इथुङ्गे टोलनजिकै रहेको बाह्रदशी खोलामा डुबेर मृत्यु भएको हो । झापा शनिश्चरेका पुराना ड्राइभर रणपहेली आज बिहान मृत भेटिएका हुन् । खोलामा डुबिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घरमा नबस्ने गरेका रणपहेलीले मागीखाने र ज्याला मजदुरी गर्ने गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए । मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाउने तयारी भइरहेको कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्