एजेन्सी । क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा अल नासर एफसीले शनिबार राति साउदी प्रो लिगमा दमाक एफसीलाई ३-० ले हराएको छ ।

रोनाल्डोले १८औँ मिनेटमा गरेको पेनाल्टी गोलबाट पाहुना टोली अल नासरले अग्रता लिएको थियो । त्यसको पाँच मिनेट बित्न नपाउँदै रोनाल्डोले अल नासरको अग्रता दोब्बर बनाए । ४४औँ मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गरेका थिए । गएको जनवरीमा साउदी क्लबसँग अनुबन्ध भएका रोनाल्डोको यो अल नासरबाट दोस्रो ह्याट्रिक हो । उनले यसअघि अल वाहदविरुद्ध पनि ह्याट्रिक गरेका थिए । रोनाल्डोले अल नासरबाट ६ खेलमा ८ गोल गरिसकेका छन् । दुई गोलमा अवसर सिर्जना गरिदिएका छन् । जितपछि १८ खेलबाट ४३ अंक जोडेको अल नासर शीर्ष स्थानमा छ । त्यो दोस्रो स्थानको अल इत्तिहादभन्दा दुई अंकले माथि हो । पराजित दमाक एफसी २२ अंकका साथ सातौँ स्थानमा छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्