एजेन्सी । अफ्रिकी देश नाइजेरियामा २४ वर्षपछि भएको राष्ट्रपतीय निर्वाचनको मतगणना सुरु भएको छ ।

सन् १९९९ मा सैन्य शासन समाप्त भएपछि पहिलो पटक भएको राष्ट्रपतीय निर्वाचनलाई निकै कठिन निर्वाचनका रुपमा हेरिएको छ । २० करोड बढी जनसंख्या भएको देशमा हिजो सम्पन्न मतदानमा उत्साहजनक मत खसेको छ । हजारौँ मतदान केन्द्रमा मत गणनाको कार्य अघि बढे पनि अन्तिम परिणमा आउन कयौँ दिन लाग्ने अनुमान गरिएको छ । निर्वाचनको समयमा भएका छिटफुट हिंसाका घटनाले मतगणनलाई थप प्रभावित बनाउने आंकलन छ । ८ करोड ७० लाख मतदाता रहेको नाइजेरियामा सत्तारुढ अल प्रोग्रेसिभ कांग्रेस र पीडीपी पार्टी मुख्य प्रतिस्पर्धामा छन् । राष्ट्रपति मुहम्मद बुहारीको उत्तराधिकारीका रुपमा लेबर पार्टीका पीटर ओबी चुनावी प्रतिस्पर्धामा छन् । सन् १९६० मा ब्रिटेन उपनिवेशबाट स्वतन्त्र बनेको नाइजेरियामा त्यसयता कयौँ पटक सैन्य कु र राजनीतिक धाँदलीका घटना भएका छन्। देशका कयौँ स्थानमा अहिले पनि हिंसा जारी छ भने सर्वसाधाराण नागरिक त्रासमा छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्