बिर्तामोड,फागुन १५ । बिर्तामोडमा थप एकजना हात्तीपाइलेका रोगी फेला परेका छन् ।

हात्तीपाइले बिरुद्धको औषधि सेवन अभियानअन्तर्गत औषधि खुवाउने क्रममा बिर्तामोड १ मा ती रोगी फेला परेकी हुन् । गौरीगञ्ज घर भएकी उनको बिर्तामोड माइत हो । औषधि खुवाउने क्रममा ती महिलामा हात्तीपाइले रोगको लक्षण देखिएको बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका दीपक सापकोटाले बताए ।

बिर्तामोडमा यसअघि हात्तीपाइलेका ४ जना रोगीले औषधि सेवन गरिरहेका छन् । वडा नं २ का २ जना ,वडा नं ३ का एकजना र वडा नं १ का एकजनाले नियमित औषधि सेवन गर्दै आएको सापकोटाले बताए । बिर्तामोडमा फागुन ११ देखि हिजो १४ गतेसम्म ५४हजार ७०० जनाले हात्तीपाइले बिरुद्धको औषधि सेवन गरेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्