झापा , फागुन १५ । उच्च अदालत पोखराबाट जबर्जस्ती करणी अभियोगमा सफाइ पाएका अभिनेता पूणर्विक्रम शाह (पल शाह) आज रिहा हुने भएका छन् ।

नाबालिग बलात्कार अभियोगबाट पूणर् सफाइ पाएपछि शाह आज रिहा हुने लागेका हुन् । शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् । शाहका कानुन व्यवसायी बरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेका अनुसार आज जिल्ला कारागार तनहुँबाट उनी रिहा हुने छन् । आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएको वाग्लेले बताए । शाह सोमबार रिहा भएपछि काठमाडौं आउने बुझिएको छ । एक गायिकाले , शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन्। तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन्। बलात्कार आरोपमा परेको मुद्दामा शाहलाई जिल्ला अदालत तनहुँले यसअघि नै सफाइ दिइसकेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्