झापा,फागुन १७ । बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

वडा कार्यालयको आयोजना तथा पुर्वेली मजदुर यातायात प्रा.लिको सहआयोजनामा शिविर सम्पन्न भएको हो । मेची आँखा अस्पताल सैनिकमोडको प्राविधिक सहयोगमा ज्येष्ठ नागरिक भवनमा सञ्चालित एकदिने निःशुल्क आँखा शिविरको कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद एकराज कार्कीले आँखा जाँच गराएर उद्घाटन गरेका थिए ।

शिविरमा ४ सय ६० जनाले आँखा जाँच गराएका छन् । जसमा ३ सय ६० जनाले औषधि सेवन र १ सय ५० जनाले चस्मा प्रयोग गर्नु पर्ने देखिएको छ । यसैबीच १७ जनामा मोतियाविन्दु फेला परेको वडाध्यक्ष कृष्णप्रसाद खरेल अविरलले जानकारी दिए । उनले मोतीयाविन्दुका ७ जना बिरामीको निःशुल्क शल्यक्रिया हुने बताए । शिविरमा नेपाल चस्मा घर सैनिकमोडले चस्मा सहयोग गरेको थियो ।
शिविर उद्घाटन कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए । आँखा जाँच गराउन सहभागी भएका २ सय ५ जनालाई हात्तीपाइले रोग विरुद्वको औषधिसमेत खुवाइएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्