झापा , फागुन १८ । विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आफ्नो तेस्रो खेलमा आज (शुक्रबार) पपुवा न्युगिनी(पीएनजी)सँग खेल्दै छ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने नेपाल र पीएजीबीचको खेल नेपाली समयअनुसार ११ः४५ मा सुरु हुनेछ । सिरिजको पहिलो खेलमा पीएनजीलाई हराएको नेपाल आजको खेलमा पनि सहज जित निकाल्ने योजनामा छ । सोमबार भएको खेलमा नेपालले पीएनजीलाई पराजित ४ विकेटले हराएको थियो । एकदिवसीय मान्यता जोगाउन आजको खेलमा नेपाललाई जित निकाल्नै पर्ने दबाब छ । नेपाललाई विश्वकप छनोट खेल्न अब बाँकी सबै खेल जित्नु पर्ने छ । आजको खेलमा जित निकाल्न सकेमा नेपालले लिग-२ मा ४ खेलमा जित निकाल्दै एकदिवसीय मान्यता जोगाउन सक्ने छ । लिग-२ मा नेपाल ३० खेलमा १३ मा जित र १५ मा हारसहित छैटौं स्थानमा छ । पीएनजी ३० खेलमा ३ मा जित र २६ मा हारसहित अंक तालिकाको पुछारमा रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्