झापा, फागुन २१ । भारतीय सीमामा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् ।

शुक्रवार दिउँसो ४.३० बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका वडा नं.५ नयाँबजारमा शिवसताक्षी नगरपालिका वडा नं.९ बस्ने २८ वर्षिय मोहन शेर्पालाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ३ ग्राम ६० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको छ ।

त्यस्तै शनिवार साँझ ६.३० बजेको समयमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं. ६ मा भारतबाट नेपालतर्फ आउँदै गरेका बिर्तामोड नगरपालिका वडा नं.१ बस्ने २१ वर्षिय विशाल धिमाललाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट १ ग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई पनि नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्