झापा, फागुन २१ । बिर्तामोडको नयाँ बसपार्कमा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित तीन पक्राउ परेका छन् ।

हिजो साँझ ७.२५ बजे अस्थाई प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका वडा नं.११ नयाँ बसपार्कमा रहेको पशुपतिनगर होटल एण्ड लजमा डेरा गरी बस्ने शिवसताक्षी नगरपालिका वडा नं. ९ बस्ने २१ वर्षिय प्रेमसागर साँवा, मेचीनगर नगरपालिका वडा नं.१२ बस्ने २० वर्षिय मनिस बराल र मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं.४ बस्ने १९ वर्षिया तिलु राईलाई शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट २ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

उनीहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्