झापा, फागुन २१ । दमक –९ घर भई हाल अमेरिका बस्दै आएका २६ बर्षिय खगेन्द्र पौडेलको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

अमेरिकाको वोस्टनमा बस्दै आएका उनको दुई दिनअघि सडक दुर्घटनाबाट मृत्यु भएको त्यहाँ रहेका शिव साहले जानकारी दिएका छन् ।

उनका अनुसार तीन जना सवार कारलाई ट्रयाक्टर टेलर गाडीले ठक्कर दिएको थियो । ठक्करबाट दुई जना भने बाँच्न सफल भएका छन् भने पौडेलको घटनास्थलमा नै ज्यान गएको थियो । मृतक पौडेल साथीहरुसंग घुम्न पेन्सल्भिनिया गएको बताईएको छ ।

मृतक नेपाली कांग्रेसकी महाधिबेशन प्रतिनिधि तथा सामाजिक व्यक्तित्व मन्दरा पौडेलका एकमात्र छोरा हुन् । उनी बर्ष दिनअघि मात्र डिभि लटरीमार्फत अमेरिका पुगेका थिए । यसैबीच पौडेल परिवारले छोराको शव नेपाल ल्याईदिन त्यहाँको राज्य सरकारलगायत विभिन्न सामाजिक संघसंस्थालाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्