झापा, फागुन २८। साविक १ नं प्रदेशलाई नामांकन गरिएको कोशी प्रदेश खारेजीको मागसहित बन्द गराउँदै हिड्ने थप २१ जना बन्दकर्ता झापामा पक्राउ परेका छन् ।

विहान पाँचजना पक्राउ परेकोमा थप २१ जना गरी अहिलेसम्म २५ जना बन्दकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र रिजालले बताए ।

उनले दमकबाट ११ , बिर्तामोडबाट ८ , काँकडभिट्टाबाट ५ र चारआलीबाट एकजनालाई पक्राउ गरिएको जानकारी दिए । बिर्तामोडमा बन्दकर्ताहरुले एउटा ट्रक र अर्को कारलाई तोडफोड गरेको र ८ जना बन्दकर्तालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए ।

बिर्तामोडमा पक्राउ पर्नेहरु

विभिन्न राजनीतिक दल र जातीय संगठनहरुले झापासहित पूर्वका १४ जिल्लामा आज बन्दको आव्हान गरेका छन् । गत फागुन १७ गते प्रदेश १ लाई कोशी प्रदेश नामकरण गरिएसंगै त्यसको विरोधमा राजनीतिक दल र जातीय संगठनहरु उत्रिएका हुन् । बन्दका कारण यातायातका साधनहरु आंशिक रुपमा चलेका छन् भने पसल बजार पनि छिटपुट खुलेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्