झापा, फागुन २९ । झापामा लागूऔषध मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका वडा नं.६ बस्ने २१ बर्षिय बिशाल कन्दङ्वा रहेका छन् । झापा जिल्ला अदालतको मिति २०७५ भदौ ९ गतेको फैसला अनुसार लागूऔषध मुद्धामा कन्दङ्वालाई २ बर्ष कैद र १ लाख रुपैयाँ जरिवाना तोकिएको थियो ।

फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमवार पक्राउ गरेको हो । झापा जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेशले कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्