कुमरखोद , फागुन ३० । झापा गाउँपालिकाले आफ्ना कार्यालयमा विद्युतीय हाजिरी प्रणाली जडान गरेको छ ।

विद्युतीय हाजिरी प्रणाली जडान भएसँगै पालिकाको मातहतमा रहेका सबै कार्यालयका कर्मचारीहरु अनुशासित हुने भएका छन् ।

झापा गाउँपालिकाले विद्युतीय हाजिरी प्रणाली ७ वटै वडा कार्यालय, ४ वटा स्वास्थ्य चौकी , एउटा आयुर्वेदिक अस्पतालमा जडान गरेको छ । जडान गर्न बाँकी रहेका कार्यालयहरु आधारभूत स्वास्थ्य केन्द्रहरु , पशु सेवाकेन्द्र र सामुदायिक विद्यालयहरुमा विद्युतीय हाजिरी प्रणाली छिट्टै जडान गरिने पालिका अध्यक्ष जयनारायण शाहले बताए ।

विद्युतीय हाजिरी प्रणालीको रेखदेख , प्रतिवेदन , अभिलेखन, सुरक्षाको जिम्मेवारी सूचना प्रविधि शाखामा रहने सूचना प्रविधि अधिकृत गौरव संग्रौलाले बताए । अधिकृत संग्रौलाले पालिकाभित्र रहेका सम्पूर्ण कार्यालयहरुको निगरानी प्रविधि शाखाबाट गरिने बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्