झापा, चैत ३ । नेपाल सन् २०२३ को एकदिवसीय विश्वकपमा छनोट भएको खुशीयालीमा बिर्तामोडमा दीप प्रज्वलन गरिएको छ ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा बिहीबार यूएईमाथि जित रच्दै नेपालले सन् २०२३ को एकदिवसीय विश्वकप छनोटमा सिधै प्रवेश पाएको हो । वीरता जेसीजको आयोजनामा बिर्तामोडको मुक्ति चोकमा हिजो साँझ दीप प्रज्वलन गरिएको कार्यक्रम संयोजन गरेका खेलकुद संयोजक सुभाष त्रिखत्रीले बताए । वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड ४ का वडाध्यक्ष राहुल शर्मा रहेका थिए ।

कार्यक्रममा नेपाल जेसीज राष्ट्रिय उपाध्यक्ष भिमबहादुर कुँवर ,वीरता जेसीजका पूर्व अध्यक्ष बेदप्रकाश अग्रवाल , पूर्वेली युवा क्लवका दिपेन चौधरी ,नेपाल विद्यार्थी संघका नगर सभापति मनिश बस्नेत ,सालु कोइराला , संजय राई , अशोक चौधरीलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन वीरता जेसीजका महासचिव जनक खड्काले गरेका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्