अर्जुनधारा, चैत ३ । दृष्टिविहीन बिनोद मोहोराको निर्माणाधिन शौचालय तथा बाथरुम सम्पन्न गर्न वीरता जेसीजले सहयोग गरेको छ ।

हिजो अर्जुनधारा ५ पानीकल निवासी मोहोराको घरमा पुगेर एक कार्यक्रमका बीच जेसीजले सहयोग हस्तान्तरण गरेको हो ।
कक्षा ५ मा अध्ययनरत सुहानी जयसवालको जन्मदिनको अवसरमा सुहानीकै ईच्छाअनुसार जेसीजले उक्त सहयोग हस्तान्तरण गरेको उनका पिता अशोक चौधरीले बताए ।


फरक क्षमता भएका विपन्न परिवारलाई वीरता जेसीजमार्फत आफ्नो जन्मदिनमा यसरी सहयोग गरेकोमा सुहानीको विचारको प्रशंसा गर्दै मानवताको सेवा नै सर्वोत्तम कार्य हो भन्ने जेसीजको आस्थालाई यस्तो कार्यक्रमले साँचो अर्थ दिने प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष भिम कुँवरले बताए । निर्माण कार्य स्थगित भएको भन्ने जानकारी पाएको २४ घण्टामै वीरता जेसीजले सहयोग गर्न पाउँदा खुशी लागेको र भविष्यमा पनि आवश्यक सहयोग गर्दै जानेमा वीरता जेसीज तयार रहेको अध्यक्ष घनश्याम चौधरीले बताए ।


निर्माणाधिन शौचालय तथा बाथरुम सम्पन्न गर्न लाग्ने आवश्यक सम्पूर्ण सिमेन्ट र जस्तापाताको रकम जेसीजले हस्तान्तरण गरेको बताईएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्