झापा, चैत ६ । बुद्धशान्तिस्थित सीतारमेश बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा अनेरास्ववियुका प्रदीप बर्देवा अध्यक्षमा निर्वाचित भएका छन् ।

उनले ३३ मतान्तरले जित हासिल गरेका हुन् । बर्देवाले २०६ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी नेविसंघका विवेक कार्कीले १७३ मत प्राप्त गरेका छन् । त्यस्तै सचिवमा अनेरास्ववियुका अशोक भण्डारीले जितेका छन् । उनले २०४ मत प्राप्त गर्दा नेविसंघकी मेलिना मिश्रले १७१ मत प्राप्त गरेकी छिन् । कोषाध्यक्षमा नेविसंघका सन्तहाङ लिम्बूले जितेका छन् । उनी १८९ मत ल्याएर बिजयी भए भने अनेरास्ववियुकी रमला राईले १८२ मत प्राप्त गरेकी थिइन् । हिजो भएको निर्वाचनमा जम्मा ३८८ मत खसेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्