बिर्तामोड, चैत १५ । बिर्तामोड नगरपालिकाको ६ नं. वडामा खेलकुद विकास समिति गठन भएको छ ।

एक भेलामार्फत गठन गरिएको समितिको अध्यक्षतामा भुवन मेचे चयन भएका छन् ।११ सदस्यीय समितिको उपाध्यक्षमा सनम पुरी र अनुप सुब्बा रहेका छन् ।

त्यस्तै सदस्यहरुमा एलिजा पोखरेल, सबिना तिम्सिना, सन्तोष तामाङ, विप्लव मैनाली, रोसिप घिसिङ, विजय तामाङ र राजु अधिकारी चयन भएका छन् ।

युवाहरु समाजसुधारको एक अभिन्न अंग भएकाले खेल क्षेत्र आफैमा पनि अनुशासनको एक मन्दिर भएको प्रमुख अतिथि वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वाले बताए । उनले नवगठित समितिलाई बधाई दिए । नगर खेलकुद विकास समितिका उपाध्यक्ष आइतमाया शेर्मा लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष कन्दङ्वा, कार्यपालिका सदस्य शर्मिला राजवंशी, वडा सदस्य खेमनाथ अधिकारी ,जीवन बाँस्कोटा, गीता रेग्मी, वडा सचिव रुकमान थलङको आतिथ्य रहेको थियो । नगर सदस्य सुदिप खवासले स्वागत गरेको कार्यक्रमको सञ्चालक नगर समितिका सचिव बिसन लिम्बूले गरेका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्