झापा , चैत्र १७ । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबार बिहान ८ बजेदेखि देशभर सुरु भएको छ ।

तर, धनुषाको एक परीक्षा केन्द्रमा निर्धारित समयमा अंग्रेजी विषयको प्रश्नपत्र पुगेन । त्यहाँ नेपाली विषयको प्रश्नपत्र पठाइएको थियो । पछि अंग्रेजी विषयको प्रश्नपत्र पठाइयो । त्यसपछि ५० मिनेट ढिलो गरी परीक्षा सुरु भएको बताइएको छ । औरही गाउँपालिकास्थित चक्कर मा.वि परीक्षा केन्द्रमा ५० मिनेट ढिलो परीक्षा सुरु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । आज उक्त केन्द्रमा बिहान ८ बजेर ५० मिनेटमा परीक्षा सुरु भएको थियो । अब सोहीअनुसार अरू ठाउँभन्दा ५० मिनेट ढिलो गरी परीक्षा सकिने उनले बताए । उनका अनुसार अरू सबै ठाउँमा सामान्य रूपमा परीक्षा सञ्चालन भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्