झापा , चैत्र १९ । पाइलटको स्वास्थ्यमा समस्या आएपछि नेपाल एयरलाइन्सको काठमाडौं-दुबई उडान रद्द भएको छ ।

शनिबार राति ११ बजेको एयरलाइन्सको आरए २३० को विमान उडान रद्द भएको हो । काठमाडौंबाट राति ११ बजे उड्नु पर्ने उक्त विमानको पाइलट बिरामी भएपछि उडान रद्द भएको थियो । “पाइलट बिरामी भएपछि शनिबार राति ११ बजेको उडान हुन सकेन । अहिले उड्न तयारी भइरहेको छ” निगमका प्रवक्ता अर्चना खड्काले भनिन्, “उडान रद्द भएपछि नेपाल र दुबईमा गरी ५४० यात्रु अलपत्रमा परेका छन् । “नेपालबाट दुबई जाने फ्याइटमा २६७ यात्रु रहेका थिए । उनीहरूलाई काठमाडौंका विभिन्न होटेलमा राखिएको थियो । यस्तै, दुबईमा पनि बराबरको यात्रु रहेको थिए । उनीहरूलाई पनि होटेलमा राखिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्