झापा , चैत २३ । रामदूत हनुमानको जन्मजयन्तीका अवसरमा देवी गुठी मठमन्दिर संरक्षण एवं पूजा समिति बिर्ताबजारले झाँकी निकालेको छ ।

बिहीवार अपरान्ह नवदुर्गा हनुमान मन्दिरबाट शुरु भई बिर्तामोड परिक्रमापछि पुनः सोही ठाउँमा आएर झाँकी सम्पन्न भएको कार्यक्रम संयोजक रामेश्वर मण्डलले बताए ।

झाँकीमा करिव एक हजार जनाको सहभागिता रहेको कार्यक्रम संयोजक मण्डलले बताए । बिर्तामोडमा पहिलोपटक हनुमान जयन्तीमा झाँकी निकालिएको हो ।

त्यस्तै हनुमान जयन्तीेको अवसरमा चन्द्रगढीमा हनुमानको पुजाआराधना गरिएको छ । चन्द्रगढी सेवा समाजले भद्रपुर १० हनुमान चोकमा हनुमानको पूजा गर्दै शुभकामना आदानप्रदान गरेको हो ।

गोलोक गोबर्धन गौशाला शिवसताक्षीका संचालक नन्दकिशोर भारद्वाजसहितका पण्डितहरुबाट सोहि स्थानमा रहेको हनुमानको मुर्तिमा पूजाआजा गरिएको थियो ।

समाजका अध्यक्ष कमलप्रसाद अधिकारीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा प्रमुख अतिथि भारद्वाज ,समाजसेवी गोविन्द लम्साल, सहकारीकर्मी घनश्याम अधिकारी ,चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष चुडामणी मैनालीलगायतले मन्तव्य राख्दै शुभकामना आदानप्रदान गरेका थिए । खड्गबहादुर बुढाथोकीले संचालन गरेको कार्यक्रमको स्वागत समाजका बरिष्ठ उपाध्यक्ष नयाँनाथ पाण्डेले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्