बिर्तामोड,चैत २३ । बिर्तामोड नगरपालिकाले व्यावसायिक मत्स्यपालनमा टेवा पुर्याउँदै आएको छ ।

नगरपालिकाले साना व्यवसायी माछा पकेट विकास कार्यक्रमअन्तर्गत कृषकहरुलाई सहयोग उपलव्ध गराउँदै आएको हो ।नगरपालिकाले नयाँ पोखरी खन्ने कृषकहरुको लागि प्रतिकठ्ठा दश हजार रुपैयाँ उपलव्ध गराउँदै आएको पशुपंछी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिइन् । यस्तै भुरामा ५० प्रतिशत र बोरिङमा ७५ प्रतिशत अनुदान दिइने गरेको नगरपालिकाले जनाएको छ ।

शाखाको तर्फबाट लागत साझेदारीमा सहयोग उपलव्ध गराउँदै आएको शाखाकी प्रमुख दाहालले जानकारी दिइन् । बिर्तामोड नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका ४ वटा फर्महरुले निरन्तररुपमा सहयोग प्राप्त गर्दै आएका छन् । उनीहरुले आवश्यकताका आधारमा माग गरेबमोजिम साझेदारीमा सहयोग प्राप्त गरेका हुन् ।

नगरपालिकाले व्यावसायिक रुपमा माछापालन गर्न सुरु गरेका कृषकहरुलाई समेत सहयोग उपलव्ध गराउँछ । क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत सहयोग उपलव्ध गराउने गरेको हो ।

बिर्तामोड ८ का चिरञ्जिबी कार्कीले माछापालन व्यवसाय सुरु गर्नका लागि पोखरी खन्दैछन् । पोखरीको बिहीबार नगरका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, पशुपंछी तथा मत्स्य विकास शाखा प्रमुख दाहाल, इन्जिनियर डिल्लीराम गौतमलगायतको टोलीले अनुगमन गरेको छ । कार्कीले १४ कठ्ठा जमिनमा पोखरी खनिसकेको पाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्