झापा , चैत्र २४ । नेपाल तथा भारतका जनप्रतिनिधि र स्थानीय प्रशासनले मानव-हात्ती द्वन्द्व घटाउन संयुक्त गस्ती गर्ने भएका छन् ।

दुवै देशका अधिकारीहरूले मानव-हात्ती सहअस्तित्वका लागि पहल गर्ने पनि निणर्य गरेका छन् । भारत नक्सलबारी ब्लकअन्तर्गत मनिरामजोत ग्राम पञ्चायतको मल्लाबारीमा बुधबार सम्पन्न दुई देशीय संयुक्त बैठकले मानव-हात्ती द्वन्द्व न्यूनीकरणका लागि संयुक्त गस्ती गर्ने सहमति गरेको हो । बैठकले दुवै देशमा रहेका र्‍यापिड रेसपोन्स टिम (आरआरटी) लाई प्रशिक्षण एवं स्रोतसाधन उपलब्ध गराउने, दुवैतिर कृषि र घरको बिमा गर्नेलगायतका १७ बुँदे सहमति भएको मेचीनगर-४ का वडा अध्यक्ष अर्जुनकुमार कार्कीले बताए । हात्तीबाट वर्षौंदेखि दुवै देशका सर्वसाधारणले भौग्दै आएको समस्यालाई मध्यनजर गर्दै सहमति भएको उनको भनाइ छ । नक्सलबारी ब्लक पञ्चायत समिति सभापति आनन्द घोषले दुवै देशले मिलेर हात्ती समस्या समाधान गर्नुको विकल्प नरहेको जनाए । उनले एकअर्काबीच दोषारोपण गर्नेभन्दा पनि समस्या पहिल्याएर चाँडो समस्याको निकास निकाल्नुपर्नेमा जोड दिए । उनले थपे, ‘यतापट्टि हामीले के गर्नुपर्छ भन्नुहोला, यो पुरानो समस्या समाधानमा हामी त प्रतिबद्ध छौं ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्