भद्रपुर, चैत २६ । सामुदायिक प्रहरी सेवाकेन्द्र चन्द्रगढी झापाले आयोजना गरेको निःशुल्क आँखा परीक्षण शिविरमा १४० महिलासहित २२५ जनाले सेवा लिएका छन् ।

आईतवार चन्द्रगढीस्थित अन्जनी मोडको आदर्श बोर्डिङ स्कुलमा सम्पन्न शिविरको उद्घाटन जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी दुर्गाराज रेग्मीले गरेका थिए ।

केन्द्रका अध्यक्ष दुर्गाप्रसाद पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भद्रपुर ७ का वडा अध्यक्ष अभिशेख ढुङ्गानालगायतले मन्तव्य राखेका थिए । केन्द्रका सचिव धनप्रसाद सिवाकोटीको संचालनमा बाबुराम कार्कीले स्वागत मन्तव्य राखेका थिए । शिबिरमा प्राविधिक सहयोग दृष्टि आँखा अस्पतालको रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्