एजेन्सी । भारतमा एकैदिन कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु भएको हो । सोही अवधिमा ५८८० जना नयाँ संक्रमित थपिएका छन् । भारतमा दैनिक संक्रमण दर ६.९१ प्रतिशत पुगेको छ । प्रत्येक १०० परीक्षणमध्ये करिब ७ जनामा रिपोट पोजिटिभ आएको छ । पछिल्लो २४ घन्टामा दिल्लीमा ३३०५ नमूना परीक्षणमा ६९९ जनाको रिपोर्ट पोजिटिभ आएको छ । महाराष्ट्रमा ७८८, बिहारमा ४२, हिमाचलमा १३७ र राजस्थानमा १६५ जनामा कोरोना संक्रमण पुष्टि भएको भारतीय मिडियामा समाचार प्रकाशित छ । भारतमा ३८ प्रतिशत केस नयाँ भेरियन्ट एक्सबीबी वान सिक्टिनको पाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्