झापा , चैत २७ । पत्रकार पारस तिम्सिनाको निधन भएको छ ।

बिर्तामोड ३ निवासी ३९ वर्षिय तिम्सिनाको उपचारका क्रममा आज दिउँसो बिर्तासिटी हस्पिटलमा निधन भएको हो । टाउकोमा व्लड जमेपछि उनलाई आज बिहान उपचारको लागि हस्पिटल भर्ना गरिएको थियो । उपचार गरेर घर लगिएको र फेरि उपचारका लागि अस्पताल पुर्याउनासाथ उनको निधन भएको छिमेकी बसन्त ढकालले बताए ।

विगतमा विभिन्न संचारमाध्यममा कार्यरत तिम्सिनाले पछिल्लो समय लेखापढी पेशा गर्ने गरेका थिए । यामनाथ तिम्सिनाका जेठा छोरा पारसको आज साँझ ५ बजे कन्काई माईमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्