बिर्तामोड ,चैत २७ । टोल विकास संस्थाका पदाधिकारीहरुको क्षमता विकास तालिम तथा अन्तरक्रिया कार्यक्रम सोमवार बिर्तामोड –३ मा सम्पन्न भएको छ ।

सगरमाथा सामाजिक सेवाकेन्द्रको आयोजना तथा बिर्तामोड नगरपालिका ३ नं. वडा कार्यालयको सहयोगमा सो कार्यक्रम संचालन गरिएको होे । कार्यक्रममा बिर्तामोड वडा नं ३ का ३० वटा टोल विकास संस्थाका अध्यक्ष , सचिव र प्रतिनिधि गरी ४० जनाको सहभागिता रहेको थियो ।

सेवाकेन्द्रका अध्यक्ष भीष्म उप्रेतीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा अध्यक्ष मदन बुढाथोकीको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा वडा सदस्यहरु हरि बाँसकोटा , धनसरी राजवंशी , लक्ष्मी रोक्कालगायतको उपस्थिति रहेको थियो । नगरप्रमुख प्रसाई ,वडाध्यक्ष बुढाथोकीलगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सहजीकरण झापा युनेस्को क्लबका अध्यक्ष प्राध्यापक विजय तिम्सिना , बिर्तामोड नगरपालिकाका लेखा अधिकृत तेजिन्द्र तामाङ, वडा सचिव भीम अधिकारीले गरेका थिए । कार्यक्रमको संचालन सेवाकेन्द्रका सचिव अर्जुन पाठकले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्