झापा, चैत ३० । प्रतिबन्धित लागूऔषधको मुद्धामा झापा कारागारमा जेल जीवन बिताइरहेकी मेचीनगर १३ धाइजनकी भारती राजवंशीकी छोरी अनुजा राजवंशी पनि ब्राउनसुगरसहित पक्राउ परेकी छन् ।

हिजो साँझ ५ बजे मेचीनगर नगरपालिका वडा नं.१३ धाईजन चोकमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले बिभिन्न सवारीसाधनहरु चेकजाँच गर्ने क्रममा २० वर्षिया अनुजालाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ९ ग्राम ब्राउनसुगर फेला परेको थियो ।

अनुजाकी आमा भारती ५ महिनाअघि लागूऔषधसम्बन्धी मुद्धामा झापा कारागारमा सजाय भुक्तान गरिरहेको थिइन् । आमा भारतीलाई भेट्न जाने क्रममा प्रहरीलाई शंका लागेर अनुजालाई प्रहरीले निगरानीमा राखेको अवस्थामा उनी लागूऔषधसहित फेला परेकी हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्