झापा , बैशाख १० । मोरङको उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकामा बालिका बलात्कार गरेको घटनामा संलग्न पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयमा अनुसार तीन र चार वर्षीया बालिका बलात्कार घटनामा आफन्तकै संलग्नता देखिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले घटनाबारे थप अनुसन्धान सुरु गरिएको बताएका छन् । उर्लाबारी नगरपालिका-७ मा चार वर्षीया नाबालिकामाथि शुक्रबार राति बलात्कार भएको बताइएको छ । यसैगरी मिक्लाजुङ गाउँपालिका-४ मा बिहीबार साँझ तीन वर्षीया नाबालिका बलात्कृत भएकी थिइन् । उर्लाबारीको घटनामा नातामा काका पर्ने १९ वर्षीय युवक पक्राउ परेका छन् । यसैगरी मिक्लाजुङको घटनामा भने ठूलोबुवाका छोरा नातामा दाजु पर्ने १२ वर्षीय बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्