झापा, बैशाख १२ ।होटल व्यवसायी संघद्वारा संचालन भइरहेको सुरुङ्गा फुड फेस्टिवल तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन महोत्सवमा विवाद भएको छ ।

बैशाख ११ देखि २३ गतेसम्म संचालन हुन गइरहेको सो महोत्सवको उद्घाटनकै दिन राति विवाद भएको हो ।गएराति ८ बजेतिर महोत्सवमा सहभागी भएका दर्शक र आयोजकबीच विवाद भएको हो ।

विवाद भएपछि आयोजकले प्रहरी बोलाएका थिए । विवाद गर्ने युवाहरुको समूहलाई पक्राउ गर्न खोज्दा प्रहरीलाई धकेलेर ती युवा भाग्न सफल भएका छन् । मादक पदार्थ सेवन गरी विवाद गरेपछि आफूहरु पक्राउ गर्न जाँदा विक्रम अग्रवाल , कमल खड्कालगायतका युवाहरु धकेलेर भागेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी नायव निरीक्षक मानबहादुर मिश्रले बताए । उनीहरुको खोजी भइरहेको मिश्रले जानकारी दिए । घटनाको पुष्टि गर्दै इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले पनि घटनामा संलग्नहरुको खोजी भइरहेको जानकारी दिए । सुरुङ्गाको कृषि उपज बजारमा साँझ ६ बजेपछि राति ९ बजेसम्म सो फुड फेस्टिवल हुने गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्