झापा , बैशाख २५ । पछिल्लो २४ घण्टामा देशभर ५७ जना कोरोना संक्रमित थपिएका छन् ।

एकहजार ९३१ नमुना परीक्षण गर्दा ५७ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, आज २७ जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या १४७ पुगेको छ । आजसम्म २१ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये सातजना आईसीयू र एकजना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्