बिर्तामोड, बैशाख २८ । कवि जयप्रसाद आचार्यको एकल कविता वाचन कार्यक्रम गरामनीमा सम्पन्न भएको छ ।

पूर्व शिक्षक तथा साहित्यकार खिलप्रसाद शिवाकोटी र उनकी पत्नी लीला शिवाकोटीको ४५ औं वैवाहिक वर्षगाँठको अवसरमा दुर्गा मन्दिरको हलमा आयोजित कार्यक्रममा कवि जयप्रसाद आचार्यसंगै विश्रामको समयमा केशव आचार्य , देशु सुब्बा, रमेश प्रसाई , देवीचरण भण्डारी , खिलप्रसाद शिवाकोटीले पनि कविता वाचन गरेका थिए ।

कार्यक्रमको संचालन देवीचरण भण्डारीले गरेका थिए । अतिथि र सहभागीहरुलाई थाहै नदिई आयोजना गरिएको कार्यक्रमको अन्त्यतिर कवि जयप्रसाद आचार्यले शिवाकोटी दम्पत्तीलाई वैवाहिक वर्षगाँठको सरप्राइज उपहार दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्