झापा, बैशाख ३० । अवैध रुपमा लाँदै गरेको सखुवा काठसहित एउटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज दिउँसो २ बजेको समयमा कमल गाउँपालिका ६ दहिचोकस्थित भित्री सडकखण्डमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको सादा पोशाकको टोलीले रोकिराखेको को १ त ७९६८ नं. को ट्रयाक्टरलाई शंका लागेर चेकजाँच गर्दा उक्त ट्रयाक्टरमा सखुवा जातको ५४.३२ क्यु फिट अवैध काठ फेला परेको थियो ।

काठको मूल्य २ लाख ७० हजार, ट्रयाक्टरको मूल्य ८ लाख गरी जम्मा १० लाख ७० हजारबराबरको सामान डिभिजन बन कार्यालय भद्रपुरलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्