झापा,बैशाख ३१ । नेपाली कांग्रेसनिकट नेपाल प्रेस युनियन झापाको अध्यक्षमा गिरिराज भट्टराई निर्वाचित भएका छन् ।

अध्यक्षका तीन जना उम्मेद्वारमध्ये ६६ मत प्राप्त गरी अध्यक्षमा भट्टराई निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिष्पर्धी राजेन्द्र गौतमले ५२ मत प्राप्त गरेका थिए भने अर्का उम्मेद्वार मनकुमार शर्माले मात्र एक मत प्राप्त गरेका थिए ।

त्यस्तै उपाध्यक्षद्वयमा इश्वर अधिकारी र सविना लिम्बू सर्वसम्मत चयन भएका छन् भने सचिवमा अर्जुन राजवंशी, सहसचिवमा जशोदा राजवंशी र कोषाध्यक्षमा ओमप्रकाश भट्टराई पनि सर्वसम्मत चयन भएका हुन् ।
समितिको सदस्यहरुमा अनुषा चुडाल, विष्णु श्रेष्ठ, जोस्ना श्रेष्ठ, तुलसीप्रसाद निरौला, देवेन्द्र प्रसाई, विष्णुप्रसाद पौडेल, रञ्जित परियार, युवराज रेग्मी, कौशल भण्डारी, शान्ति सुब्बा, रणदेव हजाम, तलु बास्के र पोषराज कटुवाल चयन भएका छन् । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको प्रमुख आतिथ्यमा भएको प्रेस युनियनको दशौं जिल्ला अधिवेशमा चार जना पत्रकारलाई पुरस्कृत गरिएको थियो भने संस्थाका निवर्तमान अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।
पुरस्कृत हुने पत्रकारहरुमा खगेन्द्र कार्की स्मृति पत्रकारिता पुरस्कारबाट दमकका पत्रकार विष्णु सुब्बा, खगेन्द्र कार्की स्मृति प्रोत्साहन पुरस्कारबाट बिर्तामोड निवासी अर्जुन राजवंशी, टंकप्रसाद रमादेवी पाठक स्मृति पत्रकारिता पुरस्कारबाट वेणुप्रसाद अधिकारी र रमादेवी टंकप्रसाद पाठक स्मृति पत्रकारिता पुरस्कारबाट लीला अनमोल पुरस्कृत भएका छन् । उनीहरुलाई नगदसहित पुरस्कृत गरिएको हो ।

त्यस्तै नेपाल प्रेस युनियन झापाका पूर्व अध्यक्षहरुमा स्व. डिकमान विरहीलाई मरणोपरान्त सम्मानित गरिएको छ । त्यस्तै पूर्व अध्यक्षहरु लोकराज ढकाल , गोविन्दचन्द क्षेत्री, भीम नेम्वाङ, कृष्ण हुमागाँई र नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सचिव चिन्तामणि दाहाललाई पनि सम्मान गरिएको थियो ।
नेपाल प्रेस युनियनकी अध्यक्ष इन्दू पूर्वेलीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डे, सचिव कृष्ण हुमागाँई, नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव तथा केन्द्रीय प्रतिनिधि अभयकुमार राई , नेपाल प्रेस युनियनका केन्द्रीय सचिव रेजिना गौतम, कोशी प्रदेश अध्यक्ष मिनकुमार श्रेष्ठ नवोदित, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नेपाल शिक्षक संघ कोशी प्रदेश अध्यक्ष तेजप्रसाद चम्लागाँईलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन स्वस्तिका आचार्यले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्