विर्तामोड, जेठ ३ । नेपाली कांग्रेस झापाको कोषाध्यक्षमा जलकुमार गुरुङ मनोनित भएका छन् ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा मंगलबार सम्पन्न बैठकले गुरुङलाई कोषाध्यक्षमा मनोनयन गरेको हो । गुरुङ अघिल्लो कार्यकालमा पनि जिल्ला सदस्य थिए ।
देशकै उत्कृष्ट खानेपानी आयोजना बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्ष, मेची आँखा अस्पतालको अध्यक्ष, झापा गोल्डकपको अध्यक्ष रही गुरुङले सफलतापूर्वक कार्य सम्पादन गरिसकेका छन् ।
गुरुङ २०७४ सालको स्थानीय तह निर्वाचनमा विर्तामोड नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वार बनेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्