बिर्तामोड, जेठ ७ । बिर्तामोड नगरपालिका वडा नं ५ का वडाध्यक्ष रोहितकुमार प्रसाईले मुरै भुटेर घरको मुरै बनाउने तालिमको उद्घाटन गरेका छन् ।

राजवंशी समाज विकास समिति बिर्तामोड ५ को आयोजना तथा बिर्तामोड नगरपालिका ५ नं वडा कार्यालयको सहयोगमा मुरै बनाउने पाँचदिने तालिम आइतवारदेखि जात्रुवारी न्यूटन टोलमा शुरु भएको हो । तालिममा १५ जना महिलाहरुको सहभागिता रहेको छ । आदिवासी समुदायको परम्परागत जातीय परिकार घरको मुरैलाई संरक्षण गरी व्यवसायीकरण गर्ने उद्धेश्यले तालिम आयोजना गरिएको आयोजक संस्थाकी अध्यक्ष रुपा राजवंशीले बताइन् । उनले मिलको मुरैभन्दा घरको मुरै स्वादिष्ट र स्वास्थ्यवद्र्धक भएको जानकारी दिइन् ।

वडाध्यक्ष रोहित प्रसाईको प्रमुख आतिथ्य तथा आयोजक संस्थाकी अध्यक्ष रुपा राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्यमाथि सल्लाहकार तथा प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशीले प्रकाश पारेका थिए ।

कार्यक्रममा आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरी ,राजवंशी समाज विकास समितिका नगर अध्यक्ष जितलाल राजवंशी , राजवंशी महिला समाजकी अध्यक्ष सनम राजवंशी , राजवंशी विकास प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशी , जात्रुवारी न्यूटन्स टोलका अध्यक्ष लवकुमार चौधरी , जात्रुवारी संगीत टोलका अध्यक्ष घनश्याम गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन अन्जु तिमल्सिना राजवंशीले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्