बिर्तामोड, जेठ १४ । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा बिर्तामोडकै पुराना बासिन्दा कमला अग्रवालले पनि उम्मेदवारी दिएकी छन् ।

विगत ८० वर्षदेखि बिर्तामोड ३ बिर्ताबजारमा बसोबासरत पुराना व्यवसायी शंकर अग्रवालकी बुहारी , नरेशकुमार अग्रवालकी पत्नी कमलाले बिर्तामोड र अर्जुनधारावासीमा स्वच्छ र सफा खानेपानी पुर्याउने र बिर्तामोड नगरका प्रत्येक वडा र टोलमा खानेपानीको पहुँच पुर्याउने आफ्नो उद्धेश्य रहेको बताएकी छन् ।मेघराज बास्तोला अध्यक्ष रहेको लोकतान्त्रिक राष्ट्रवादी प्यानलबाट उनले महिला सदस्यमा उम्मेदवारी दिएकी हुन् । मारवाडी समुदायकी कमलाले सँधै घरभित्र बसेर नहुने भन्दै विभिन्न सामाजिक गतिविधिका अग्रसरता देखाएकी छन् ।

नवदुर्गा मठमन्दिर समितिको सदस्य, बिर्ताबजार व्यवस्थापन समितिको सदस्य, बिर्ताबजार अनारमनी टोल विकास संस्थाको उपाध्यक्ष, मारवाडी अग्रवाल महिला मंचको सदस्यलगायत विभिन्न संघसंस्थामा रहेर काम गरेको अनुभव आफूसंग रहेको उनी बताउँछिन् ।उनले बिर्तामोड खानेपानीमा रहेर काम गर्ने अवसर प्रदान गर्न आम मतदाताहरुलाई अनुरोध गरेकी छन् । बिर्तामोड खानेपानीको निर्वाचन भोलि हुँदैछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्