झापा, जेठ २० । नेपालमा सबैभन्दा धेरै क्षेत्री जातिको जनसंख्या रहेको राष्ट्रिय जनगणना २०७८ को अन्तिम तथ्यांकले देखाएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले हिजो सार्वजनिक गरेको जातजाति, भाषा र धर्मसम्बन्धी विवरणले दोस्रोमा पहाडी ब्राह्मणको जनसंख्याको मानिस बसोबास गर्ने औंल्याएको छ ।
कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ को १६.४५ प्रतिशत अर्थात ४७ लाख ९६ हजार ९९५ जना क्षेत्री छन् ।
त्यस्तै, पहाडी ब्राह्मणको जनसंख्या ११.२९ छ भने तेस्रो नम्बरमा मगर ६.९, चौथो नम्बरमा थारु जातिको जनसंख्या ६.२ प्रतिशत जनसंख्या रहेको कार्यालयको विवरणमा उल्लेख छ ।
त्यस्तै, ११ जातिको संख्या एक हजारभन्दा कम रहेको विवरणमा देखिएको छ । जसअनुसार नुराङ जातिको जनसंख्या देशभर ३६ जना मात्रै रहेको छ । कार्यालयको अन्तिम तथ्यांकमा ११ जातिहरु नुराङ, बनकरिया, कुसुण्डा, सुरेल, ल्होमी, वालुङ, राउटे, तोप्केगोला, फ्री र कलार जातिहरुको देशभरमा जनसंख्या एक हजारभन्दा कम रहेको छ ।

कुन जातिको जनसंख्या कति ?

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्