बिर्तामोड, जेठ २८ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित बिर्तामोडमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका वडा नं.४ घर बताउने ३३ वर्षिय बब्लु शिवाकोटी रहेका छन् ।
आइतवार दिउँसो ३.५० बजे बिर्तामोड नगरपालिका वडा नं. १ भगवान चोकमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले शिवाकोटीलाई चेकजाँच गर्दा उनको साथबाट रुमालमा पोको पारी राखेको ६ ग्राम ८०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

उनलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनीमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्