झापा , जेठ ३१ । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि कालो मोसो दलेको घटनामा संलग्न रहेको आरोपमा नेपाल विद्यार्थी संघ (नेविसंघ) मोरङका सभापति सरोज पोखरेल पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पोखरेललाई मोरङको बुढीगंगा क्षेत्रबाट बुधबार पक्राउ गरेको हो । घटनाबारे आवश्यक अनुसन्धान गर्न पोखरेललाई पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले बताए । पोखरेलमाथि दुई दिनअघि सेवा आयोगका अध्यक्ष महेशराज दाहाललाई मोसो दल्ने कार्यको नेतृत्व लिएको आरोप लागेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्