एजेन्सी । नाइजेरियाको नाइजर नदीमा डुङ्गा पल्टिँदा सयभन्दा बढीको मृत्यु भएको छ भने कैयौँ अझै बेपत्ता छन् ।

डुङ्गामा तीन सय जना सवार थिए । यी मानिसहरू एक विवाहमा सहभागी भएर क्वारा राज्यबाट नाइजर राज्यतर्फ आइरहेका बेला यो दुर्घटना भएको हो । अधिकारीहरूका अनुसार बेपत्ताहरूको खोजी कार्य जारी रहेको छ । राहत कार्यमा संलग्न एक कर्मचारीले समाचार एजेन्सी एएफपीलाई मृतकको सङ्ख्या बढ्न सक्ने बताए । हालैका वर्षहरूमा नाइजेरियामा धेरै डुङ्गा दुर्घटनाहरू भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्