झापा, असार २७ । झापा हल्दिबारी– ५ स्थित सौडागान्धी खोलामा आएको बाढीले एउटा मोटरसाइकल बगाएको छ ।

फाइल तस्वीर

आज बिहान १० बजे हल्दिबारी– ५ स्थित हुलाकी राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०१–१३ प ३३०१ मोटरसाइकललाई सौडागान्धी खोलामा आएको बाढीले बगाएकोमा स्थानीयले देखेर तत्काल मोटरसाइकल चालक भद्रपुर– ७ बस्ने अन्दाजी ३५ वर्षिय सौरव नेपाललाई सकुशल उद्धार गरेका थिए ।

मोटरसाइकल खोलाले बगाईलगेको भन्ने खबर प्रहरी चौकी जलथलमा प्राप्त हुनासाथ प्रहरी टोली खटिगई खोजतलास गर्दा अन्दाजी सय मिटर दक्षिण उक्त मोटरसाइकल फेला परेको र मोटरसाइकलमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्