झापा, साउन १ । सन् २०२३ को जनवरीयता नेपालमा डेंगी संक्रमितको संख्या तीन हजारनजिक पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महशाखाको तथ्यांकानुसार जनवरीयता जुलाई १५ सम्म संक्रमितको संख्या दुई हजार ९३० पुगेको छ । यो अवधिमा ६६ जिल्लामा डेंगी देखिएको छ । सबैभन्दा बढी सुनसरीमा एक हजार ५७१ जना संक्रमित भएका छन् । धादिङ, दार्चुला र कास्कीमा संक्रमितको संख्या १०० भन्दा माथि छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा गरी १०७ जना संक्रमित भएका छन् ।

डेंगी सार्ने लामखुट्टेबारे तपाईंलाई यी कुरा थाहा छ ?
गत वर्षजस्तै डेंगीको अवस्था भयावह हुन नदिन आ-आफ्नो तहबाट रोकथामका कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकणर् दाहालले बताए । सन् २०२२ मा नेपालमा हालसम्मकै सबैभन्दा धेरै ५४ हजार ७७४ जनामा डेंगी देखिएको थियो । त्यति बेला डेंगीका कारण ८८ जनाको मृत्यु भएको थियो । त्यो संख्या नेपालमा डेंगी सुरु (सन् २००४) भएयताकै सबैभन्दा बढी हो । २०२२ मा काठमाडौंमा सबैभन्दा धेरै १४ हजार ३७६ जनामा डेंगी संक्रमण पुष्टि भएको महाशाखाको तथ्यांक छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्