भद्रपुर, साउन ६ । भद्रपुर- १० का पशुपालक उत्तम कालिकोटे खड्काले पालेको गाईले ३ वटा बाछी जन्माएको छ ।


खड्काले पालेको गाईले ३ वटा बाछी जन्माएको खवर बाहिरिएपछि हेर्न आउनेको भीड देखिएको छ । विरलै तिम्ल्या बाछाबाछी जन्मने गरेको भन्दै स्थानीय गाई र बाछी हेर्न आउने गरेका छन् ।

भद्रपुर १० का नयाँनाथ पाण्डेको गोठमा जन्मिएको सो गाईले पहिलो बेतमा नै ३ वटा बाछी जन्माएपनि २ वटा जन्मेपछि मरेका छन् भने एउटाको स्वास्थ्य अवस्था राम्रो रहेको पाण्डेले जानकारी दिए । उनका अनुसार सो गाईको माउ पनि जुम्ल्याहा रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्